नागरिकले गरेकाे विश्वासलाई कायमै राख्न चुनावकाे घाेषणा : ओली

 फागुन ३, २०७७ सोमबार ११:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताउनु भएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो ।

स्वस्थ्य ढङ्गले पार्टी र सरकार चलाउन प्रयास गरे पनि आफ्नै सहकर्मीले चल्नै नदिएपछि बाध्य भएर प्रतिनिधि सभा भङ्ग गरेको उहाँकाे दाबी छ । जटिल परिस्थितिमा फेरि नागरिकमा जानुको विकल्प नभएकाले चुनावको घोषणाको गरेको उहाँको भनाई छ ।

नागरिकले आफूले गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको भन्दै ओलीले भन्नुभयो, ‘तपाईँहरूले जुन जिम्मेवारी दिनुभएको थियो, तपाईँहरू माझ मैले जुन कबुल गरेको थिए, त्यो पूरा गर्न पाइएन । त्यही कारण ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगे र नयाँ कदम चालेँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि प्रतिनिधि सभाको विघटन गरेँ ।’

उहाँले नेकपाको प्रचण्ड –नेपाल समूहले आफूलाई लाञ्छना लगाउने काममात्रै गरिरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया