गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

 फागुन ६, २०७७ बिहिबार ६:५७:२७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा बुधवार बेलुका लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर  रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया