काठमाण्डाै उपत्यकाकाे मौसम सफा रहने, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

 फागुन ७, २०७७ शुक्रबार ८:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज काठमाण्डाै बाहेक पहाडका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

काठमाण्डाै र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

अरु क्षेत्रको मौसम भने सफा रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया