निषेध र विभेदको राजनीतिले देश जटिलतामा फस्दै छ - पूर्वराजा ज्ञानेन्द्र

 फागुन ७, २०७७ शुक्रबार ९:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताउनुभयो ।

हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उहाँले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो ।

प्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उहाँले आम नागरिकको आस्था, चाहना र जनभावनालाई कसैले पनि मेट्न नसक्ने बताउनुभयो ।

उहाँले राजा र आम नागरिकको सहमतिबाट खडा भएको देशमा निषेध र विभेदको राजनीति सुरू गरिएकाले देश जटिलतामा फस्दै गएकोसमेत बताउनुभएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया