४० देखि ५९ वर्ष उमेर समूहकालाई भेरोसेल खोप लगाइँदै
चैत ३१, २०७७ मंगलबार
साेलुखुम्बु - साेलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेकाे छ । नेपाल टेलिकमले गुदेलमा फोरजी टावर सञ्चालन गरेसँगै शुक्रवारबाट दुर्गम क्षेत्र मानिएकाे महाकुलुङ फोरजीकाे पहुँचमा पुगेको हो ।
यसअघि टेलिफोन नेटवर्कले समेत राम्ररी काम नगर्दा स्थानीयवासी सञ्चार पहुँचबाट टाढा हुनुपरेको थियो । सञ्चार माध्यम, गाउँपालिका र स्थानीयवासीकाे आग्रहपछि फाेरजी सेवाकाे विस्तार गरिएकाे नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो ।
इन्टरनेटको फोरजी पहुँचमा पुगेसँगै पालिकावासीमा खुसी भएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर महाकुलुङ क्षेत्रमा फोरजी सेवा सुरु गरिएकाे भए पनि औपचारिक उद्घाटन हुन बाँकी रहेको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयाे ।
यसका साथै छेस्कामको टावरमा साेलार ब्याकपकाे व्यवस्थापन गर्ने याेजना रहेकाले महाकुलुङवासी सहजै सञ्चार सेवाकाे पहुँचमा पुग्ने हुने नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीका प्रमुख मोहमद अकबर अलीले जानकारी दिनुभयो।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल रेडियो सोलुमा पनि कार्यरत हुनुहुन्छ ।