गाेरखामा एकै परिवारका तीन जना मृत भेटिए

 फागुन १०, २०७७ सोमबार ११:३४:५२ | किरण लोहनी
unn.prixa.net

गोरखा - गाेरखाकाे बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन ।

लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरकाे ढाेका नखाेलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेकाे स्थानीयले बताएका छन् । 

विषालु च्याउ खाएका कारण उनीहरुकाे ज्यान गएकाे हुनसक्ने अनुमान लगाइएकाे छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेकाे तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेकाे प्रहरीले जनाएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया