साँधीखोला बाढीले पुल बगाएपछि बाह्रबिसे बजार बगर बन्यो

 भदौ ३, २०७५ आइतबार १३:३:२५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – शुक्रबारदेखि नै साँधी खोलामा आएको बाढीले पुल भत्काउँदा बाह्रबिसे बजार डुबानमा परेको छ । बाह्रबिसे हुँदै तातोपानीसम्म जोड्ने पक्की पुल बाह्रबिसे बजारको खुर्सानीबारी नजिकै  बगाउँदा बाह्रबिसे बजारमा बाढी पसेको हो । 

शनिबार राति साँधीखोलामा आएको बाढीले पुल बगाए पछि बाह्रबिसेदेखि तातोपानी सीमाको सम्पर्क टुटेको छ । 

गएको साउन ३० गते बाह्रबिसे नगरपालिका वडा न ४ को ओख्रेनी भिरकुनामा आएको पहिरोको कारणले भिरकुना हुँदै ओख्रेनी र त्यस भन्दा तलका घरहरु ठूलो क्षति पुगेको थियो । 

बाह्रबिसे बजारदेखि माथिल्लो ग्रामिण भेगको अबस्था हेर्दा अझै झनै जोखिममा परेको छ । अहिलेसम्म करिब ५०० वटा रुख बिरुवा बगाएको छ भने बाह्रबिसे नपा–३ काभ्रे डाँडामा रहेको कृष्णमाया खड्काको र झण्डै ५ रोपनी खेत बगाएको छ  । 

घर त बगायो बगायो अबको केही दिनमा बाँकी रहेको धान खेत पनि बगाउने उच्च जोखिम रहेको उहाँले दुखेसो पोख्नुभयो ।

बाह्रबिसे बजार क्षेत्रभर लेदो पसेर नदी बनेपछि बजारभर हाहाकार मच्चिएको छ । तीन इन्च उता सरेको पुलको स्लापसंगै लेदो सबै साँधीखोल्साले बगाएर भोटेकोसी छेउमा थुपारेको छ । जसले कोशी थुनिने सम्भावना बढेको स्थानीयको भनाइ छ ।

भीरकुनाबाट झरेको पूरा पहिरो आइसकेको छैन त्यसैले जोखिम झन् बढ्दै गएको छ । बजारका अधिकांश पसलमा भित्र पानीको बहाव पसेर क्षति पुर्याएको स्थानीयले बताएका छन् । साँधीखोल्सा वरीपरी रहेका झण्डै ६ घरमा अत्यधिक क्षति पुगेको छ । छेउका ४ घर उच्च जोखिममा छन् ।

सडकमा गिर्खा, बालुवा र हिलोले क्षतिग्रस्त बनाएपछि नगरपालिकाको सहयोगमा एक्साभेटरबाट पन्छाउने प्रयास भइरहेको छ । नदी छेउको वरीपरीका संरचना तहसनहस बनाउन थाले लगत्तै भोटेकोशीको सतह बढेपछि स्थानीयमा त्रास फैलिएको प्रहरीले जानकारी दिएको छ ।

नगर क्षेत्रभर बाढी र पहिरोको त्रास बढेपछि  उद्धारका लागि प्रहरीलाई खटाइएको बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताउनुभयो ।

सुरक्षा र उद्धारको लागि प्रहरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । भौतिक क्षतिको तंथ्याक संकलन भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया