सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय

 फागुन १४, २०७७ शुक्रबार १८:५४:५७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय तोकिएको छ ।

२०७६ साल भदौ १२ गते चिनजानकै बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजविराज नगरपालिका ४ का आसमान निरालेलाई जिल्ला अदालत सप्तरीले १८ वर्ष कैद र १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।

निरालेले कामबाट फर्कँदै गरेकी बालिकालाई खाजासँगै नसालु पदार्थ खुवाएर नजिकैको पोखरी किनारमा लगी बलात्कार गरेको र अर्धचेत अवस्थामा छोडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया