सुनको भाउ दुई सय रुपैयाँले बढ्यो
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ ।
बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो । गएको माघ १९ गते वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई हिजो पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष हुनुपर्ने र २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sunahang Rai
Feb. 27, 2021, 3:53 p.m.अत्यन्तै राम्रो कार्य सलाम छ अलिक सबक सिकाऔ छोरीलाई बिबाह होइन शिक्षा दिउ भन्ने पाठ पढाऔ धन्यवाद