नवलपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 फागुन १८, २०७७ मंगलबार १०:५२:४२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको दुम्कौलीमा हिजाेराति दुई वटा ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्वका ) प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार दुर्घटनामा दुई वटै ट्रकका चालकको ज्यान गएकाे हाे।

उहाँकाअनुसार दुर्घटनामा परि ना ६ ख ३०११ नम्बरको ट्रकका चालक  पोखरा महानगरपालिका-१५ बस्ने ५१  वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक  हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको ज्यान गएकाे हाे ।

दुर्घटनामा परेर ट्रकका सह-चालकहरु समेत घाइते भएका छन् । ट्रकका सह-चालकहरु तनहुँ बन्दीपुर गाउँपालिका-३, बस्न १८ वर्षीय  विश्वास शाही र बबही  गाउँपालिका-६, दाङ बस्ने  ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् ।

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया