नेत्रविक्रम चन्द 'विप्लव' नवलपुरबाट सार्वजनिक

 फागुन २१, २०७७ शुक्रबार ११:२२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सार्वजनिक हुनु भएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१३ बाट उहाँ सार्वजनिक हुनु भएको हो ।

हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताउनु भएको थियो । उहाँले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गर्नु भएको थियो । विप्लव केन्द्रीय सदस्य बाला थापासहित सुरक्षा सहयोगीकासाथमा आज काठमाण्डौमा आउँदै हुनुहुन्छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सहमति सार्वजनिक गर्दै हुनुहुन्छ । कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुनेछ । सरकारले हिजो विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । 

तस्बिर : प्रकाश डुम्रेकाे फेसबुकबाट

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया