रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाडाैं – नेपाल वायुसेवा निगमका जहाजले तत्काल जापान र कोरिया उडान गर्न नपाउने भएका छन् । युरोपियन युनियन इयुले नेपालका विमान कम्पनीलाई कालोसूचीमा राखेकाले जापान र कोरियाले पनि नेपाल वायुसेवा निगमका जहाजलाई उडान प्रमाणपत्र एओसी दिएका छैनन् ।
निगमले जापान, कोरिया र युरोपसम्मको गन्तव्यलाई मध्यनजर गरेर २ सय ७४ सिट क्षमताका २ वटा नयाँ वाइड बडी जहाज ल्याएको छ । झण्डै २४ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएका जहाज कोरिया र जापान उडाउने योजना तत्कालको लागि रोकिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।
‘जापान, कोरिया र साउदी अरबमा हाम्रा जहाज उडाउन अनुमति मागेका छौं, त्यहाँको एअरपोर्टले अनुमति दिएपनि नियमक निकायले दिएको छैन’ पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा निगमका महाप्रबन्धक कंसाकारले भन्नुभयो, ‘उनीहरुले युरोपियन युनियनको यो वर्षको सेफ्टी अडिट कुरेका छन् कि भन्ने हामीलाई शंका लाग्न थालेको छ, उनीहरुले बढी नै बहानाबाजी गरेको जस्तो देखिएको छ ।’
नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक सञ्जिव गौतमले कोरिया र जापानसम्म नेपालका विमान पुग्न पाएमा त्यो इयुको कालोसूचीबाट हट्नु सरह भएको बताउनुभयो ।
‘नेपाल एअरलाइन्सको सुरक्षासँग सम्बन्धित कुराहरु अध्ययन गर्न कोरिया र जापानबाट टोली नेपाल आउँछ, उनीहरुले जहाज ह्यान्डलिङदेखि यात्रु सुरक्षाको बारेमा हेर्छन, सिभिल एभिएसनका केही कुरा पनि माग्न सक्छन्, कोरिया र जापानले नेपाल एअरलाइन्सलाई उडान गर्ने अनुमति दियो भने यो हाम्रो लागि ठूलो उपलब्धी हुनेछ, त्यसपछि इयुको कुनै पनि इस्यु बाँकी रहन्न, कोरिया भनेको आईकाओको स्टान्डर्ड पालना गर्ने सबैभन्दा राम्रो देश हो’ महाप्रवन्धक गौतमले भन्नुभयो ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेपाल वायुसेवा निगमका जहाजलाई कोरिया उडानको लागि उसले गाइडलाइन पठाएको र त्यसैअनुसार गर्नुपर्ने बताउनुभयो ।
‘कोरियाले एनएसीको सेफ्टी अडिट र र्याम इन्सपेक्सन मागेको छ, त्यो कामको लागि कोरियाको टोली नेपाल आउन इच्छुक छ, कुटनीतिक तहबाट हामीले जानकारी पाएका छौं, नेपाल एअरलाइन्सले के के गर्नुपर्ने हो भन्ने कुराको गाइडलाइन हामीलाई पठाएको छ, त्यो कुरा हामले वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणलाई भनिसकेका छौं, उनीहरुलाई लाग्ने खर्च निगमले बेहोरेर बोलाउनुपर्छ’ सहसचिव आचार्यले भन्नुभयो ।
नेपालले हवाई सुरक्षामा खेलबाड गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले २०७० सालको मंसिरमा नेपाललाई गम्भीर सुरक्षा चासो रहेको देशमा सूचिकृत गरेको थियो ।
आईकाओको गम्भीर सुरक्षा चासो र सन् २०१० देखि २०१२ सम्म नेपालमा भएका हवाई दुर्घटनाको संख्या र त्यसमा भएको मानवीय क्षतिलाई मध्यनजर गरेर युरोपियन युनियन ईयूले पनि आफ्नो आकाशमा नेपाली जहाज प्रवेशमा रोक लगायो । उसले सकभर नेपाल यात्रामा नजान पनि आफ्ना नागरिकलाई आग्रह गरेको थियो ।
आईकाओले भनेका ८ वटा सुरक्षा मापदण्ड पूरा गर्दै गएको जुलाई अर्थात २०७४ सालको साउनबाट नेपाल गम्भीर सुरक्षा चासो भएको देशबाट मुक्त भयो । आईकाओका उडान सुरक्षा मापदण्ड परिपालना दर नेपालले ५५ प्रतिशतबाट बढाएर ६६ प्रतिशत पु¥याएपछि गम्भीर सुरक्षा चासोबाट मुक्त भयो ।
विश्वभरकै हवाई क्षेत्रको नियामक निकाय मानिएको आईकाओले नै नेपाली विमान र आकाश सुरक्षित छ भनेको छ, तर युरोपियन युनियनले भने नेपाली विमानलाई प्रतिबन्ध जारी राख्नुलाई शंकाको विषयले हेरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।