संसद् बैठक अझै सुरु भएन, प्रधानमन्त्री संसद् भवनबाट बाहिरिनुभयो

 फागुन २३, २०७७ आइतबार १७:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

बैठकका लागि सांसदहरू संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् । तर चार बजेका लागि तोकिएको बैठक पाँच बज्दासम्म पनि सुरु भएको छैन ।

बैठकमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिनुभएको छ ।

नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया