कालीकाेटबाट सुर्खेतका लागि छुटेकाे गाडी दुर्घटना, एक जनाकाे ज्यान गयाे

 फागुन २७, २०७७ बिहिबार १२:४४:४० | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकाेटबाट सुर्खेतका लागि छुटेकाे कर्णाली प्रदेश ०२ ०० ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ काे सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा कालीकाेट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाहीकाे ज्यान गएकाे प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अर्जुन चन्द्रले बताउनुभयाे ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि सुर्खेत पठाइएकाे छ । गाडीमा १७ जना यात्रु रहेकाे बताइएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया