आठबीसमा गाडी दुर्घटना : दुई जनाकाे ज्यान गयाे (अपडेट)

 फागुन २७, २०७७ बिहिबार १३:५१:३१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – कालीकाेटबाट सुर्खेतका लागि छुटेकाे कर्णाली प्रदेश ०२-००१ ख ०२४७ नम्बरको गाडी आठबीस नगरपालिका १ काे सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या दुई पुगेकाे छ । 

दुर्घटनामा कालीकाेट शुभकालिका गाउँपालिका २ का ३७ वर्षीय जितेन्द्र शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विककाे ज्यान गएकाे प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अर्जुन चन्द्रले बताउनुभयाे । शाहीकाे घटनास्थलमै ज्यान गएकाे हाे भने विककाे उपचारका क्रममा पादुका मेडिकल हलमा ज्यान गएकाे हाे । 

दुर्घटनामा घाइते भएका नाै जनालाई उपचारका लागि सुर्खेत पठाइएकाे छ । गाडीमा १७ जना यात्रु रहेकाे बताइएकाे छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया