देशलाई निकास दिन कांग्रेसकाे काँधमा जिम्मेवारी आएकाे छ : सभापति देउवा

 चैत १, २०७७ आइतबार १९:३२:१५ | जयनारायण यादव
unn.prixa.net

फाइल फाेटाे

बारा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभएको छ । 

बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आइतवार उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाइ पार्टी अघि बढ्ने जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘देशलाई कांग्रेसको खाँचो रहेको हुँदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, नागरिकको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।’ उहाँले विकास, समृद्धि सँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै देशका लागि हितकर हुनेमा जोड दिनुभयो । 

सभापति देउवाले देशको वर्तमान अवस्थालाई नेपाली कांग्रेसले सुक्ष्म तरिकाले नियालिरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया