एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । पार्टीभित्र विवाद बढ्दै गएको अवस्थामा ओलीले बिहीवार दिउँसो ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाउनुभएको हो ।
सूर्य चिह्नबाट चुनाव लडेका सबै सांसदलाई बैठकमा बोलाइएको सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधि सभाको बैठक प्रभावित भइरहेकाले कसरी बैठकलाई नियमितता प्रदान गर्ने भन्ने विषय पार्टीका अन्य विषयमा छलफल हुने पनि भट्टराईले बताउनुभयो ।
राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको माधव नेपाल–झलनाथ खनाल पक्ष भने बैठकमा जाने/नजाने टुङ्गो छैन । प्रधानमन्त्री ओलीले गुटका भेला नगर्न र आफूहरूले बोलाएका बैठकमा सहभागी नभए कारबाही गर्ने चेतावनी दिँदै आउनुभएको छ ।
बिहीवारकाे संसदीय दलको बैठकमा माधव–झलनाथ समूहका सांसद उपस्थित नभए कारबाहीको प्रस्ताव पेस हुन सक्ने ओली पक्षीय एक नेताले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।