अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – वीरगञ्ज युथ युनाइटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिगमा बुधवार जित निकालेका छन् ।
सातदोबाटोकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई एक–शून्यले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन–एकले स्तब्ध बनाएको हो ।
वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३ औँ मिनेटमा गरेको गोल निर्णायक भएको थियो । अर्को खेलमा चर्च ब्वाइजलाई सुखद नतिजा दिलाउन सोम थापाले ५२ औँ, साइमोन लिम्बुले ८८ औँ तथा इन्द्र जुङ लिम्बुले इन्जुरी समयमा एक/एक गोल गरेका थिए । प्लानिङका लागि कृष्ण गिरीले ५५ औँ मिनेटमा गोल फर्काएका थिए ।
बुधवार भएका खेलमा जित निकालेका वीरगञ्ज र चर्च ब्वाइजले जारी लिगमा लगातार दोस्रो जित निकालेका हुन् ।
लिगमा बिहीवार पनि दुई खेल हुनेछन् । पहिलो खेल खालीबारी युथ फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा दोस्रो खेल ओएसिस क्लब र स्वयम्भू क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा मुख्यालयमा हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।