वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? निःशुल्क सीप सिकेर जानुहोस्

 चैत ५, २०७७ बिहिबार १६:५०:५६ | सुनिला बानियाँ
unn.prixa.net

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सन् २०११ देखि नै सीपको निःशुल्क तालिम प्रदान गर्न थालेको हो ।

पहिला वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै सामीले तालिम प्रदान गथ्र्यो । तालिमहरु पनि वैदेशिक रोजगारीमा जानेहरूका लागि नै लक्षित थियो । तर अहिले कोरोना महामारीपछि भने विदेशबाट फर्किएका श्रमिकहरुलाई लक्षित गरेर पनि सामीले सीप तालिम डिजाइन गरेको छ । 

यो सालदेखि नै सामीले विदेशबाट फर्किएकालाई पनि सीप तालिम दिने योजना बनाएको छ । तर सबैभन्दा पहिला अहिले सञ्चालन भइरहेको निःशुल्क सीप तालिमको कुरा गरौं । जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ, जोसँग पासपोर्ट छ या विदेश जानका लागि पासपोर्ट कतै अप्लाइ गरेको रसिद छ भने तपाईँहरू सामीले प्रदान गर्ने सीप तालिमका लागि योग्य हुनुहुन्छ । 

तालिममा सहभागी हुन पुरुषको हकमा १९ देखि ३५ वर्षको उमेर हुनुपर्छ भने महिलाहरु  १९ देखि ३० वर्षमा उमेरको हुनुपर्छ । 

सामीले तालिमका लागि आफ्नो पाठ्यक्रम वैदेशिक रोजगारीमा जानेहरुकै लागि भनेर बनाएको छ । जसमा विदेशबाट फर्किएका र विदेशमा रोजगारदाताको माग के छ भनेर उहाँहरुसँग छलफल गरेर नै सामीले तालिमको पाठ्यक्रम बनाएको हो ।

अहिले जुन हाम्रो देशमा सञ्चालन भइरहेका सीपमूलक तालिमहरु छन्, ती आन्तरिक श्रम बजारका लागि मात्रै छन् । तर सामीको सीप तालिममा भने आन्तरिक श्रम बजारका लागि भन्दा पनि गन्तव्य देशमा आवश्यक पर्ने कुराहरुमा केन्द्रित गरिएको छ । 

सीप लिनका लागि पनि श्रमिक जो अलिकति कम पढेलेखेको हुनुहुन्छ, तर रोजगारीका लागि जान चाहनुहुन्छ उहाँहरुका लागि लक्षित गरिएको छ । 

त्यसकारण पनि देशमा भन्दा पनि विदेश नै जाने हो भनेर जसले निर्णय गरिसक्नुभएको छ, उहाँहरुका लागि यो सीप उपयुक्त हुन्छ । यो तालिम काठमाण्डौ, झापा र धनुषामा छ ।

यी ठाउँमार्फ तालिम लिन पाइन्छ । पहिला त थुप्रै विधामा तालिम दिइन्थ्यो । तर अहिले श्रमिकको रुचि र गन्तव्य देशको मागको आधारमा ६ वटा विधामा सामीले तालिम दिन्छ । जसमा मेशन अर्थात् ब्लकको गारोहरु लगाउने, अर्को सटरिङ कार्पेन्टर जुन फर्मा लगाउने काम हो । 

यस्तै स्काफोल्डिङ छ, यो खट बाध्ने काम हो भने अर्को चाहिँ इन्ड्रस्टियल इलेक्ट्रिसियनको तालिम प्रदान गरिन्छ । अर्को चाहिँ प्लम्बिङको तालिम प्रदान हुन्छ । जसमा चाहिँ धारा र पाइपहरु फिटिङको काम हुन्छ भने अर्को भनेको चाहिँ महिलाहरुको लागि गार्मेण्टको सीप पनि सिकाइन्छ । यसमा चाहिँ गार्मेन्ट मेसिन अपरेटरको सीप सिकाइन्छ । 

यो सीप लिनका लागि पनि श्रमिक जो अलिकति कम पढेलेखेको हुनुहुन्छ, तर रोजगारीका लागि जान चाहनुहुन्छ उहाँहरुका लागि लक्षित गरिएको छ । 

तालिममा यी कुरा सिकाइन्छ

तालिममा सीपसँगै जीवन उपयोगी सीपहरु पनि सिकाइन्छ । विदेशमा हुने सजिला अप्ठेरा र त्यस परिस्थितीको कसरी सामना गर्न सकिन्छ भन्ने कुरा पनि तालिममा भनिन्छ । 

विदेश जाने मानिसले हातमा सीपसँगै अन्य थुप्रै कुरा जानेको हुनुपर्छ । जस्तो जीवन उपयोगी सीपहरु पनि जान्नु पर्छ । 

विदेशमा के गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने त्यहाँको नियमहरु, त्यहाँको ट्राफिक सिस्टम, बाटो काट्ने तरिका, गर्मी ठाउँमा हुने स्वास्थ्य समस्या लगायतको बारेमा पनि जानकारी दिन्छौँ भने अर्को चाहिँ बानी व्यवहारका कुरा पनि सिकाइन्छ ।

तर हामी देशमा अवस्था कस्तो छ भने सीप तालिमलाई सबैभन्दा नचाहिने सूचीमा राखिन्छ । युवाहरुलाई विदेश जानै हतार हुन्छ । तालिम लिनै फुर्सद नै हुँदैन । तर जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरुको पहिलो प्राथमिकता भनेको सीप हुनुपर्ने हो । 

अहिले सामीले एक महिनाको निःशुल्क तालिम प्रदान गरिरहेको छ । तालिम बिहान ९ बजेदेखि बेलुकी पाँच बजेसम्म पूरा ८ घण्टाको हुन्छ ।  जसमा तीन दिन जीवन उपयोगी शिक्षा दिइन्छ त्यसमा स्वास्थ्य सम्बन्धी कुराहरु पनि पर्छन् ।

जसमा काम गर्दा काम गर्ने ठाउँमा कसरी काम गर्ने, आफ्नो सुपरभाइजरसँग कस्तो व्यवहार गर्ने, परिवार कसरी व्यवस्थापन गरेर जाने जस्ता कुराहरु पनि सिकाइन्छ । किनभने यहाँबाट वैदेशिक रोजगारीमा गएका युवामा मानसिक समस्या पनि देखा परेको पाइन्छ । त्यो समस्या के हो, के कारणले हुन सक्छ भन्ने कुरा पनि सिकाइन्छ । 

सामी परियोजनाका तालिम निःशुल्क हो । यो आवाससहितको तालिम हो । यसमा खान, बस्न र तालिम सबै निःशुल्क हुन्छ । तर यदि कोही जिल्ला बाहिरबाट आउनुहुन्छ भने चाहिँ जाने आउने खर्च आफ्नै लाग्छ । 

साथै विदेशमा के गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने त्यहाँको नियमहरु, त्यहाँको ट्राफिक सिस्टम, बाटो काट्ने तरिका, गर्मी ठाउँमा हुने स्वास्थ्य समस्या लगायतको बारेमा पनि जानकारी दिन्छौँ भने अर्को चाहिँ बानी व्यवहारका कुरा पनि सिकाइन्छ ।

तालिममा यस्ता विविध कुराहरु सिकाउने भएकाले पनि  व्यक्ति वैदेशिक रोजगारीमा जाँदा परिपक्क चाहिँ हुन्छ । जो सामीमार्फत तालिम लिएर जानुभएको छ उहाँहरुमा यस्तो कुनै अप्रिय घट्नाहरु भयो भनेर सुन्न परेको छैन ।

ठगीबाट कसरी बच्ने, समस्या भयो भने काहाँ काहाँ सम्पर्क गर्ने जस्ता कुराहरु पनि तालिममा सिकाइन्छ । जसले गर्दा ठगीमा पर्ने सम्भावना पनि कम हुने र विदेशमा पनि जोखिम कम हुने गरेको पाएका छौँ ।

अनि अर्को चाहिँ त्यहाँ पुगेपछि पनि भनेको काम, तलब र सेवासुविधा पनि पाएको तालिम लिएर गएका व्यक्तिहरुले बताउनुहुन्छ । सामी परियोजनाका तालिम निःशुल्क हो । यो आवाससहितको तालिम हो । यसमा खान, बस्न र तालिम सबै निःशुल्क हुन्छ । तर यदि कोही जिल्ला बाहिरबाट आउनुहुन्छ भने चाहिँ जाने आउने खर्च आफ्नै लाग्छ । 

विदेशबाट फर्किएकाको लागि

कोरोना महामारी अघिसम्म सामीमार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई मात्र तालिम प्रदान गर्ने गरेका थियौं । फर्किएकाहरुका लागि तालिम थिएन । 

तर जब महामारी आयो त्यसपछि धेरैजना श्रमिकहरु फर्कनुभयो । जो वैदेशिक रोजगारीबाट फर्कनुभएको छ उहाँहरुसँग विदेशमा सिकेको सीप मात्र हुने भयो । त्यो सीप अब यहाँ केही गर्छु भन्दा ठ्याक्कै काम लाग्न पनि सक्ने भयो, नलाग्न पनि सक्ने भयो ।

यो तालिम पनि खान बस्न निःशुल्क हुन्छ । तर विदेशबाट फर्किएकै हुनुपर्छ । जुनसुकै देशबाट फर्किएको भए पनि हुन्छ ।  

कतिले केही गर्छु भन्दाभन्दै गर्न नसकेको अवस्था पनि छ । यही कुरालाई ध्यानमा राखेर चाहिँ सामीले यस वर्षदेखि विदेशबाट फर्किएकाहरुको लागि पनि तालिमको कार्यक्रम डिजाइन गरेको छ ।

जसमा चाहिँ उहाँहरुले लिएर आउनुभएको सीपहरुमा थप सीप प्रदान गरेर उहाँहरुलाई राष्ट्रिय प्रमाणपत्र प्रदान हुन्छ । एनएसटिभीले प्रमाणपत्र प्रदान गर्छ । यसो हुँदा उहाँहरुलाई काम खोज्न पनि सजिलो भयो । नत्र त हातमा सीप भए पनि प्रमाणपत्र नहुँदा अप्ठेरो अवस्था थियो । 

अहिले कस्तो अवस्था छ भने विदेशबाट फर्किएको मानिससँग कुनै अनुभव देखाउने प्रमाण नै हुँदैन । न त्यहाँ सिकेको सीपको प्रमाण हुन्छ न त गरेको कामको अनुभवको । त्यसकारण पनि उहाँहरुलाई यो सीप तालिमले ठूलो फाइदा पुर्‍याउने हामीले विश्वास लिएका छौं ।

यो तालिम पनि खान बस्न निःशुल्क हुन्छ । तर विदेशबाट फर्किएकै हुनुपर्छ । जुनसुकै देशबाट फर्किएको भए पनि हुन्छ ।  

सीपको फाइदा

अहिले सामीले वैदेशिक रोजगार बोर्डमा पनि प्राविधिक सहयोग गरिरहेको छ । यसलाई हामीले एउटा उपलब्धि मानेका छौं । 

पहिला विदेश जाने मानिसलाई कस्तो खालको सीप चाहिन्छ भनेर नै प्रष्ट थिएन । तर अहिले सीपसँगै पाठ्यक्रम पनि छ । बोर्डसँग १९ वटा विभिन्न पेसामा पाठ्यक्रम उपलब्ध छ । सीप तालिम कसरी प्रभावकारी बनाउने भनेर एउटा संयन्त्र नै बनाएका छौं । र सामीले अहिले बोर्डलाई प्राविधिक सहयोग दिइरहेको छ ।

सेवासुविधा पनि राम्रो दिने, दोस्रो पटक जाँदा तलब पनि राम्रो वृद्धि भएको पाइएको छ भने तालिम लिएर गएकाले व्यवसायजन्य सुरक्षमा ध्यान दिएको, दुर्घटना काम भएको हामीले पाएका छौं । 

जो सीप लिएर जानुभएको छ उहाँहरुसँग पनि हामी फोनमा पनि कुरा गर्छौं । उहाँहरुलाई हामी कुन सीप काम लाग्यो, कुन लागेन भनेर पनि सोध्छौं । जसमा ‘लाइफ स्किल’को सीपहरु चाहिँ एकदम नै महत्वपूर्ण छ भन्नुभयो । त्यस्तै स्वास्थ्यसँग सम्बन्धित कुराहरु जुन हामी तालिम लिँदा उहाँहरुलाई सिकाउँछौं त्यो एकदमै महत्वपूर्ण छ भनेर उहाँहरुले जानकारी दिनुभएको छ ।

त्यस्तै तालिम लिएर जो विदेश जानुभएको छ, उहाँहरुले त्यही सीप अनुसारको नै काम पाउनुभएको छ । जसले गर्दा उहाँहरुलाई विदेशमा बढुवा हुन पनि सहज भएको प्रतिक्रिया दिनुभएको छ । सीप सिकेर जो जानुभएको छ, उहाँहरुले ओभरटाइम गर्न पाउने, सुपरभाइजरले पनि रामो व्यवहार गर्ने गरेको प्रतिक्रिया हामीलाई दिनुभएको छ । 

यस्तै सेवासुविधा पनि राम्रो दिने, दोस्रो पटक जाँदा तलब पनि राम्रो वृद्धि भएको पाइएको छ भने तालिम लिएर गएकाले व्यवसायजन्य सुरक्षमा ध्यान दिएको, दुर्घटना काम भएको हामीले पाएका छौं । 
 म त के भन्छु भने तालिम नलिइ त सरकारले पनि नागरिकलाई विदेश पठाउन हुन्न ।

किनभने तालिम लिएर गएकाहरुमा प्रभाव राम्रो देखिएको छ । तपाईँ विदेश जान चाहनुहुन्छ या विदेशबाट फर्कनुभएको छ भने तालिम लिनुहोस् । तालिम पनि लिनका लागि मात्र नलिनुहोस् । ध्यान दिएर, सिकाएको कुरा सिकेर मात्र प्रमाणपत्र लिनुहोस् । र सिकेको कुरा व्यवहारमा पनि लागू गर्नुहोस् ।

अहिले त विदेशबाट फर्कनुभएको छ भने पनि निराश भएर बस्नुपर्ने अवस्था छैन । किनभने सामीजस्तै सरकारले पनि विदेशबाट फर्किएको निःशुल्क सीप परीक्षणको व्यवस्था गरेको छ । सीप परीक्षणमा सहभागी हुनुहोस् र प्रमाणपत्र लिएपछि काम पाउन मात्र होइन, आफू नै केही गर्छु भन्दा पनि सजिलो हुन्छ । त्यसैले निःशुल्क सिक्न पाइने सीपका तालिम लिएर दक्ष बन्नुहोस् भन्न चाहन्छु ।

(बानियाँसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुनिला बानियाँ

बानियाँ सुरक्षित आप्रवासन परियोजना सामीमा सीप विकास संयोजक हुनुहुन्छ ।
 

4 Comments

  • छिरिङ सेर्पा

    March 19, 2021, 12:23 p.m.

    २०११ देखि सुरु भएको वैदेशिक रोजगार सम्बन्धिको सीप तालिमको बारेमा बल्ल २०२१ मा आएर थाहा पाइयो अनि यो तालिममा समाबेश हुनलाइ उमेरको हदबन्दी चही केको लागि हो कुन्नी? मानिसहरु लगभग 40/45 उमेर सम्म त बिदेस जान्छनै ।

  •  0 Reply
  • Indra prasad upadhaya

    March 19, 2021, 11:47 a.m.

    I want to learn industrial electrician. In which places that free training courses are provide?

  •  0 Reply
  • Arn

    March 18, 2021, 9:45 p.m.

    यसो अफिसको ठेगाना पठाइदिनुस न , धन्यवाद !

  •  0 Reply
  • Bikash Ghaju

    March 18, 2021, 9:31 p.m.

    एकदम सही कुरा म्याडम /

  •  0 Reply

तपाईको प्रतिक्रिया