सप्तरीमा गाई फर्ममा आगलागी, २० वटा गाई जलेर मरे

 चैत ६, २०७७ शुक्रबार १०:४८:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी  - सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ ।

बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ । नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो ।  

अहिले आगो नियन्त्रणमा आएको  छ । अहिले के-कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न-५ मा आगलागी हुँदा झन्डै ७५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया