महोत्तरी : वडाअध्यक्षले एकलाैटी गरेकाे भन्दै वडासदस्यले लगाए कार्यालयमा ताला

 चैत ६, २०७७ शुक्रबार १२:२३:४५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - वडाअध्यक्षले एकलौटी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-२१ का अध्यक्ष रामेश्वर महासेठले एकलौटी ढङ्गले काम गरेको भन्दै वडा सदस्यहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि वडासदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा समेत निवेदन दर्ता गराएका थिए ।

तर, जनकपुरधाम उपमहानगरका नगर प्रमुख लालकिशोर साह र प्रमुख जिल्ला अधिकारीले चासो नदिएको भन्दै तालाबन्दी गरेको वडासदस्य वैद्यनाथ पण्डितले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया