हात छाेडेर मोटरसाइकल कुदाउँदा एक किशाेरकाे ज्यान गयाे, एक गम्भीर घाइते

 चैत ९, २०७७ सोमबार १२:२४:५९ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी –  सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । 

सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको 'अन टेस्ट' मोटरसाइकल सप्तरीको  राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर माेटरसाइकलकाे पछाडि सवार  सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल  कुमार मण्डल  घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । टाउको र छातीमा चोट लागेर घाइते भएका कौशलको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया