सशस्त्र प्रहरीद्वारा १८ किलो अवैध गाँजा बरामद

 चैत १३, २०७७ शुक्रबार १२:२०:३८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी –  सप्तरीको बलान बिहुल गाउँपालिका - २ बाट १८ किलो अवैध गाँजा बरामद गरिएको छ । सशस्त्रका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमाण्डमा सीमा सुरक्षामा खटिएको टोलीले अवैध गाँजा बरामद गरेको हो ।

बलान बिहुल गाउँपालिका -२ हुँदै बग्ने दक्षिण बलान नदीबाट भारततर्फ लगिरहेकाे अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर अपराधी गाँजाको पोका फाली सिरहा तर्फ भागेका  थिए । त्यसरी फालेकाे तीन ओेटा गाँजाकाे पाेका बरामद गरेर ल्याएकाे प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया