बाघ र रेडपाण्डाको छालासहित आठ जना पक्राउ

 चैत १४, २०७७ शनिबार १६:३४:८ | अमर सुनार
unn.prixa.net

​दैलेख – दैलेखको नारायण नगरपालिका – ३ खुर्सानीबारी पिपलचौताराबाट बाघ र रेडपाण्डा (हाब्रे)को छालासहित आठ जना पक्राउ परेका छन् ।

नौमुले बजारबाट दैलेख बजार हुँदै सुर्खेत लैजान लागिएको अवस्थामा तीन वटा रेडपाण्डा र एक बाघको छालासहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोलेरो गाडीमा आउँदै गरेको बेला शनिबार बिहान २ बजेतिर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा नौमुले गाउँपालिकाका ३३ वर्षीय कविराम अधिकारी, ३३ वर्षीय धनबहादुर पुरी, ४५ वर्षीय हस्तबहादुर थापा, २२ वर्षीय दलबहादुर खत्री, ५१ वर्षीय धनबहादुर मगर र गाडी चालक १९ वर्षीय रोशन बस्नेत रहेका छन् । 

यस्तै छिमेकी गाउँ भगवतीमाई गाउँपालिकाका २७ वर्षीय गोबिन्द थापा र ५६ वर्षीय धनबहादुर रावत पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैजना विरुद्ध वन्यजन्तु ओसारपसार कसूरमा मुद्दा लगाइएको डिभिजन बन कार्यालय दैलेखले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • harihar singh rathour

    March 27, 2021, 4:42 p.m.

    यो सवै अपजस जाजरकोट वाट वनमन्त्री भएका निकम्माहरुलाई जान्छ । मैले जाजरकोटको जुनीचांदे र दैलेखको नौमुलेमा रेडपाण्डा छन संरक्षण गरौं भन्दा नौमुलेका अध्यक्षको गिदीमा गोवर पसेकै हो, तर यी छाला जाजरकोटवाट आएका हुन सक्छन् । तस्करहरुले अनाहकमा रेडपाण्डा सक्ने भए , जाजरकोट जिल्लाका निकम्मा वनमन्त्रीले चासोनै देखाएनन । पत्रकारज्यु यो छाला वाघको हैन चितुवाको हो, वन्यजन्तु नचिन्ने पुलिस र पत्रकार उस्तै ।

  •  0 Reply

तपाईको प्रतिक्रिया