लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

 चैत १८, २०७७ बुधबार १७:४८:४ | श्यामशितल परियार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

लमजुङ – लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लमजुङको उदीपुर सबस्टेशनका ३३ केभी तथा ११ केभी फिडरबाट प्रसारण हुने विद्युत् लाइन यही चैत २० र २१ गते बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणको लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले जानकारी दिनुभयो ।

वितरण केन्द्रअन्तर्गत मर्स्याङ्दी–उदीपुर प्रसारण लाइनमा रहेका जीर्ण काठका पोल तथा कन्डक्टर ‘अपग्रेडिङ’ गर्नुपर्ने भएकाले दुई दिनसम्म विद्युत् आपूर्ति बन्द हुने केन्द्रका प्रमुख गुरुङले बताउनुभयो ।

‘यस क्षेत्रका १९ वटा काठका पोल जीर्ण भएका छन् । यी काठका पोललाई ‘रिप्लेसमेन्ट’ गरी स्टील पोल राखिँदै छ’, उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया