गोरखाकाे बारपाकमा जीप दुर्घटना, दुई जनाको ज्यान गयाे

 चैत २१, २०७७ शनिबार २०:२६:२९ | किरण लोहनी
unn.prixa.net

गोरखा - गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका- ४ काे राङरुङमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । सात जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरुकाे परिचय खुल्न सकेकाे छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बारपाकमा भ्रमण सकेर फर्केका लमजुङका यात्रु चढेको ना ५ च ३२९८ नम्बरकाे बोलेरो जीप साँझ ६ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

जीपमा रहेका ९ जना लमजुङ बिचौरका बासिन्दा भएका प्रहरीले जनाएकाे छ । अहिले घाइतेलाई उद्धार गरेर अस्पतालतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया