'तुवाँलो र प्रदूषणका कारण चिसो बढ्याे'

 चैत २३, २०७७ सोमबार ८:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।

चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो ।

वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उहाँले बताउनुभयो ।

सामान्यतया चैतको यो बेला काठमाण्डौको न्यूनतम तापक्रम १३, १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै हुने गर्थ्याे । तर केही दिनदेखि न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियसको हाराहारीमा रहने गरेको छ । पानी नपर्दासम्म प्रदूषण कायमै रहने र प्रदूषण रहेसम्म मौसम यस्तै रहने मौसमविद् अर्यालले बताउनुभयो ।

प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनभयो । यस्तै वातावरण विभागले पनि प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने बताएको छ । अघिल्लो हप्ताको तुलनामा प्रदूषण केही घटे पनि तत्काल पूर्णरुपमा हट्ने सम्भावना नरहेको विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन नसक्दासम्म प्रदूषण कायमै रहने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया