बर्दियामा समातिएको नरभक्षी बाघलाई सदर चिडियाखानामा राखियो

 चैत २४, २०७७ मंगलबार १३:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा समातिएको नरभक्षी बाघलाई ललितपुरमा रहेको सदर चिडियाखानामा राखिएको छ ।

बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो । यो नरभक्षी बाघले आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तीसारमा कार्यरत कर्मचारीलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर गुडगाउँ बस्ने ३४ वर्षका पुलिसराम थारूको ज्यान गएको थियो ।

यही बाघले केही अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई समेत मारेको आशङ्का गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्यले बताउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया