अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि बुधवार (आज) मतदान सम्पन्न भएको छ । ७७ जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएटकाे दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको हो ।
केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको छ । १३ हजार एक सय २२ जना मतदाता रहेकोमा ९० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिनुभयो ।जिल्लाहरूमा मतगणना सुरु भइसकेको छ भने काठमाण्डौमा अहिले नौ बजेपछि सुरु हुने पनि काफ्लेले जानकारी दिनुभयो ।
महासङ्घको ४९ पदाधिकारीका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथाेक स्वतन्त्र रूपमा चुनावी मैदानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।