पत्रकार महासङ्घको चुनाव : ६० प्रतिशत ठाउँमा पोख्रेलको प्यानल अघि, परिणाम आउन अझै दुई दिन लाग्ने

 चैत २६, २०७७ बिहिबार १७:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावको मतगणना भइरहेको छ । केही जिल्लामा मतगणना सम्पन्न भइसकेको छ भने केही जिल्लाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म निर्वाचन समितिलाई ६५ जिल्लाको अन्तिम मत परिणाम प्राप्त भएको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले उज्यालोलाई जानकारी दिनुभयो ।

१२ सयभन्दा धेरै मत खसेको काठमाण्डौ जिल्लाको मतगणना नै सुरु भएको छैन । काठमाण्डौको मतगणना शुक्रवार बेलुकी या शनिवार बिहान मात्रै सकिने भएकाले महासङ्घको अन्तिम परिणाम आउन अझै दुई दिन लाग्ने संयोजक काफ्लेको भनाइ छ । 

अहिलेसम्मको नतिजाअनुसार विपुल पोख्रेलको प्यानलले देशका धेरै ठाउँमा अग्रता लिइरहेको छ । प्रारम्भिक परिणामको अनुपात हेर्दा ६० प्रतिशत मत पोख्रेलको पक्षमा र ४० प्रतिशत मत निर्मला शर्माको पक्षमा रहेको छ ।

महासङ्घका १३ हजार एक सय २२ जना सदस्य रहेकोमा बुधवार भएको मतदानमा झण्डै १२ हजार मत खसेको अनुमान निर्वाचन समितिले गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया