२६ सहसचिव/उपसचिवको सरुवा, बाँकेका सीडीओ कुरुम्वाङ इलाका प्रशासन टीकापुरमा

 चैत २६, २०७७ बिहिबार १८:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सहसचिव/उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ, बाँकेको प्रजिअमा  शिवराम गेलाललाई जिम्मेवारी दिइएको छ ।  

यस्तै अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईलाई पठाइएको छ । यस्तै नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुईँटेल, बैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल खनाल, बाजुरामा गोपालकुमार अधिकारी र मकवानपुरमा भरतमणि पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।  

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया