अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित विजयी हुनुभएको छ । पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भएपछि उहाँ विजयी हुनुभएको हो ।
निर्वाचन समितिले उहाँको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनु भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता बनाउनु भएको छ । महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।
यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी हुनुभएको छ । महासंघको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्स तर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेद्वारले जितेका छन् । पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठनसहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो ।
एमाले निकट प्रेस चौतारीले जसपा, राप्रपा लगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो । यो चुनावमा पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो । १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।