नेपालमा लगानीको लागि राम्रो अवसर रहेको प्रधानमन्त्री ओलीको भनाइ

 चैत २८, २०७७ शनिबार १७:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको राम्राे वातावरण रहेको बताउनुभएको  छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५५ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले लगानीमैत्री कानुन बनाएको र बन्द, हड्ताल, आन्दोलन जस्ता गतिविधिमा पनि निकै कमी आएकाले लगानीको राम्रो अवसर रहेको बताउनुभयो ।

सरकार, व्यवसायी र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको दाबी गर्दै उहाँले रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रमा समस्या समाधान गरिदिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । यस्तै  महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक/दुई वर्षको परिश्रमले नपुग्ने भएकाले एक दशककै दृष्टिकोण, प्रस्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया