धार्चे गाउँपालिकाका गोठालाहरुलाई रेडियो वितरण

 चैत २९, २०७७ आइतबार १०:५:५१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई रेडियो बाँडेको छ । गाउँभन्दा टाढा रहेको गोठमा बस्ने गोठालाहरुले आवश्यक सूचना प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

२० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गर्मीयामभरि गोठालाहरु गाईवस्तुसहित उच्च पहाडी भेगका खर्कमा रहेका गोठमा बस्ने गर्दछन् ।  त्यस क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय नै पशुपालन हो । मौसमी अनुकुलता मिलाउनका वस्तुभाऊलाई हिउँदयाममा बेसींमा राख्ने गरिन्छ भने गर्मी बढ्दै जान थालेपछि लेकतिर सार्ने गरिन्छ ।

धार्चे गाउँपालिकाको लापु, गुम्दा, लाप्राक, लप्सीबोट, यमगाउँ लगायतका क्षेत्रमा गोठ समितिको निर्णयअनुसार मात्र गोठ सार्ने चलन छ  । धार्चे क्षेत्रमा मात्रै तीन सय भन्दा बढी घुम्ती गोठ रहेको स्थानीय बासिन्दा जीते गुरुङले बताउनुभयो । 

त्यस क्षेत्रका बासिन्दाले गाई गोरु, भेडा, च्याङ्ग्रा र खसीबोका पाल्ने गरेका छन् । खर्कमा भएका बेला उत्पादित दुधजन्य परिकार बेसीं झर्दा आफन्तजनलाई बाँड्ने चलन पनि रहेको छ । गाउँमा रहेकाले भने रक्सी, भटमास र कोदोका परिकार बनाएर गोठमा बस्ने आफन्त र छिमेकीलाई दिने गर्दछन् । व्यावसायिक बन्न नसके पनि धार्चे र चुमनुब्री क्षेत्रमा पुस्तौंदेखि गोठ संस्कृति कायम रहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

आफ्नो थातथलो छोडेर गोठमै रमाउनेहरुको जीवनयापनमा सहजीकरणका लागि पालिकाले रेडियो वितरणसँगै विभिन्न योजना बनाएको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया