दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । शनिवार (हिजो) सिरहाको लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासङ्घले शान्ति, सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग माग गरेको हो ।
सिरहाको घटनाले देशभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिङ्गो देशको सुरक्षा व्यवस्था र व्यवसायीकाे सुरक्षाको विषयमा समेत गम्भीर प्रश्न चिह्न उब्जिएकाे महासङ्घले जनाएको छ ।
व्यवसायीलाई सुरक्षा दिनु राज्यको दायित्व भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिन पहल गर्नसमेत आग्रह गरेको छ । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न र मृतक विश्वकर्माको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासङ्घले विज्ञप्तिमार्फत माग गरेको छ ।
शनिवार राति लुटपाट गर्ने उद्देश्यले आएको लुटेरा समूहले लहान–२२ का ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानेर हत्या गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।