हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाकाे ज्यान गयाे

 बैशाख ३, २०७८ शुक्रबार ११:१२:९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक जनाकाे ज्यान गएकाे छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी-१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको ज्यान गएको हाे । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार काेशी ब्यारेकको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएका नारायणलाई आज बिहान हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट ज्यान गएको जानकारी पाएपछि घटनास्थलमा आरक्षका रेञ्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताउनुभयो ।

साथै, शव परीक्षणका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया