नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

 बैशाख ३, २०७८ शुक्रबार १४:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ ।

त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएन/भएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।   

याे आराेहण सन् २०२१ काे वसन्त ऋतुकाे पहिलाे आराेहण हाे । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया