तराईमा चैती छठ पर्वको रौनक : खरना मनाइँदै

 बैशाख ४, २०७८ शनिबार १२:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तराईमा चैती अर्थात् बासन्ती छठ पर्वको रौनक छ ।

तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ ।

श्रद्धा र निष्ठाको पर्व अन्तर्गत दोस्रो दिन आज व्रतालु ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज दोस्रो दिन ‘खरना’ गर्छन् ।

चार दिन मनाइने यो पर्वमा खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर प्रसादको रुपमा खाने चलन छ ।

पर्वको तेस्रो दिन भोलि सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । त्यसैगरी सोमवार बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठ पर्व मनाउने परम्परा छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया