कर्णाली प्रदेशमा सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

 बैशाख ५, २०७८ आइतबार ७:९:५५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ ।

शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो  । 

उहाँले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्नु भएको हो । 

यी तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । 

एमालेले कर्णाली प्रदेशको कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी ‘फ्लोर क्रस’ गर्ने तीन जनालाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया