अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एमालेले जुनसुकै बेला देश चुनावमा जान सक्ने भएकाले तयारी अवस्थामा रहन पनि बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले चुनावका लागि तयारी अवस्थामा रहन निर्देशन दिएकाे एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीले भन्नुभयो, ‘कुनै पनि बेला चुनावमा जानुपर्ने भएका कारणले त्यसका लागि तयार हुनका निम्ति पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधि बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति आह्वान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुरा उल्लेख गरिएको छ ।’
महासचिव ईश्वर पोखरेलले पेस गरेको सङ्गठनात्मक प्रतिवेदन पनि बैठकले पास गरेको छ । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनका निम्ति ६ महिने कार्ययोजना बनाइएको जसअनुसार जेठ मसान्तसम्म प्रदेशदेखि पालिकासम्मका सबै कमिटीको पुनर्गठन गर्ने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन गर्ने र मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने सङ्गठनात्मक कार्यतालिका रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।