दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

 बैशाख ११, २०७८ शनिबार १७:१८:१० | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा परेको थियो । बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले बस दुर्घटनामा परेका घाइतेको उद्धार गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया