कोरोनासँगै औलो नियन्त्रणमा चुनौती

 वैशाख १२, २०७८ आइतबार ७:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व औलो दिवस । 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने नाराका साथ मनाइँदै छ।  

मलेरिया समेत भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाउँछ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले सन् २०२५ भित्रै औलो निवारण गर्ने गरी काम गरिरहेको छ । अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले योसँगै औलोको रोकथाम पनि गर्नु पर्ने चुनौती सरकारसामु देखिएको छ । लामखुट्टेको टोकाइका कारण औलो लाग्ने गर्दछ ।  औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार औलोबाट हरेक वर्ष विश्वमा झण्डै ५० हजार मानिस प्रभावित हुने गरेका छन् । यसमध्ये झण्डै २७ प्रतिशतको ज्यान जाने गरेको छ । औलोका कारण ज्यान गुमाउनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् । बालबालिका, गर्भवती, सुत्केरी र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु औलाेको जोखिममा रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बेस्सरी टाउको दुख्नु, वाकवाकी हुनु, वान्ता हुनु, हात-खुट्टा तथा जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु र ज्वरो आउनु औलाेका लक्षण हुन् । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु पर्ने डाक्टरले बताएका छन् ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया