जनमोर्चाका एक सांसद ‘हराएपछि’ मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुन सकेन

 वैशाख १५, २०७८ बुधबार १६:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय जनमोर्चाका एक जना सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुन सकेको छैन ।

प्रदेश सभा सचिवालयले बुधवार (आज) चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद  खिमविक्रम शाही अनुपस्थित भएपछि मतदान सुरु हुन सकेको छैन । शाहीलाई बारम्बार फोन गर्ने प्रयास गर्दा फोन पनि नलागेको माओवादी केन्द्रका एक सांसदले बताएका छन् ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेको छ, जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् ।

चार दल मिलेर ३१ जना पुगेपछि नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया