नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्का...
मंसिर ८, २०८१ शनिबार
सप्तरी – सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ ।
जिल्लाको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन् ।
विद्युत, पानी, सुरक्षालगायतका विभिन्न ६ बुँदे माग राख्दै उनीहरुले गएको सोमबार औद्योगिक क्षेत्रमा तालाबन्दीसहित प्रवेशद्वारमा धर्ना दिँदै आएका थिए । भदौ १५ गते स्थानीय प्रशासन, राजनीतिक दल र सरोकारवालाको बृहत छलफलपछि औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास गर्ने सहमति भएको थियो । सहमतिपछि तालाबन्दी र धर्नाको कार्यक्रम स्थगित गरिएको उद्योगी जिवछ यादवले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष यादवले सरकारी उपेक्षाका कारण लामो समयदेखि औद्योगिक क्षेत्र लथालिंग अवस्था रहेको बताउँदै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । ‘समस्या समाधानका लागि सामूहिक धारणा तयार गर्न र सामूहिक रुपमै प्रयास गर्नका लागि हामीले सरोकारवालाको छलफल गराउने सहमति गर्यौं,’ उहाँले भन्नुभयो, ‘उद्योगी व्यवसायीका माग जायज छन, यसको समाधान खोजिनुपर्छ ।’
यता केही उद्योगीहरुले भने समयभित्र सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कोसी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले भन्न्ुभयो, ‘गाउँपालिका अध्यक्ष नै चासो राखेर आउपछि आन्दोलन स्थगित गरेका हौं । सहमति अनुसार काम नभए पुनः आन्दोलन गर्छौं ।’
वि.सं. २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो औद्योगिक क्षेत्रमा १० मध्ये ३ वटा सेडमा मात्रै उद्योग सञ्चालनमा छन् । आफ्नै लगानीमा सेड निर्माण गरी कोशी पोलिमर्श उद्योग समेत सञ्चालनमा रहेको छ ।
हाल औद्योगिक क्षेत्रमा मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डष्ट्रिज र कृष्णा खाद्य उद्योग गरी ३ वटा उद्योग सञ्चालनमा छन् भने महालक्ष्मी खाद्य उद्योग, एस एण्ड को. इलेक्ट्रोड्स, पदमज्योती प्लाष्टिक उद्योग र अल नेप्लीज टि एण्ड कफी उद्योग बन्द छन् । औद्योगिक क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।