काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ६१ सङ्क्रमित थपिए

 बैशाख १६, २०७८ बिहिबार १७:३१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार पाँच सयभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार एक सय २७ जना, भक्तपुरमा एक सय ८२ जना र ललितपुरमा दुई सय ५२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । 

गएको २४ घण्टामा देशभर चार हजार नाै सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्मकै धेरै ३५ जनाको ज्यान गएको छ । 

केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका ठूलाे सहरमा काेराेना सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाे छ । यही अवस्थालाई मध्यनजर गर्दै काठमाण्डाै उपत्यकामा बिहीवार (आज) देखि १५ दिनसम्मका लागि निषेधाज्ञा लगाइएकाे छ । 

साथै देशका विभिन्न जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा, लकडाउनकाे घोषणा गरिएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया