लेबनानमा खटिएका नेपाली शान्ति सैनिक सबै सुरक्षित : नेपाली सेना
असोज २९, २०८१ मंगलबार
बाँके घर भइ कीर्तिपुर बस्दै आएकी निरा थारु गर्भवती हुनुहुन्छ । गर्भ रहेको चौथो महिना चलिरहँदा चार पटक नै जाँच गरिसक्नुभयो । यसअघि एकपटक गर्भ खेर गएकाले फेरि त्यस्तो नहोस् भनेर उहाँ बेलाबेला जाँच गराउन अस्पताल गइरहनुहुन्छ ।
तर अहिले सुरु भएको निषेधाज्ञाका कारण डाक्टरले अस्पताल नआउन आग्रह गरेपछि भने उहाँ चिन्तित हुनुहुन्छ । अहिलेसम्म अवस्था सामान्य नै भएको डाक्टरले बताए पनि अबको दिनमा जाँच गराउन नपाइने हो कि भन्ने पीरले उहाँलाई सताइरहेको छ ।
घर तथा आफन्तबाट टाढा रहेको र आफूलाई धेरै कुरा थाहा नभएकाले चिन्ता लाग्ने गरेको उहाँ बताउनुहुन्छ । अस्पताल जाँदा कोरोनाको डर छ भने अस्पताल नजाँदा गर्भको अवस्था के छ भन्ने थाहा नहुने हुँदा उहाँजस्तै अरु महिलाहरु यतिखेर समस्यामा परेका छन् ।
कोरोना भाइरस महामारीको पहिलो लहरमा गर्भवती र सुत्केरी धेरै प्रभावित भएका थिए । त्यही भएर अहिले कोरोना सर्छ कि भन्ने डर उत्तिक्कै लाग्छ निरालाई । कोरोनाको जोखिम भएकाले डाक्टरले नियमित जाँचका लागि अस्पताल आइरहनु पर्दैन भनेका छन् । सामान्य समस्या भएमा फोनमार्फत् सल्लाह लिन र केही जटिल समस्या भएमा मात्र अस्पताल जान भनेका छन् ।
धादिङकी गंगा घिमिरेको कान बेलाबेला दुखिरहन्छ । लामो समयदेखि कानको समस्या भोगीरहेकी उहाँलाई डाक्टरले अप्रेशन गर्न सल्लाह दिएका छन् । पछिल्लो समय कानको समस्या बढ्दै गए पनि कोरोना सङ्क्रमणको डरले अस्पताल नगएको उहाँ बताउनुहुन्छ । अस्पताल जाने भन्दाभन्दै निषेधाज्ञा सुरु भयो । कानको समस्या बढ्दै गए पनि डाक्टरसँग घरबाटै सल्लाह लिने गरेको र डाक्टरको सल्लाहअनुसार औषधि लिइरहेको उहाँ बताउनुहुन्छ ।
निरा र गंगा जस्तै धेरैले यतिबेला अस्पताल जानुभन्दा सकेसम्म घरमै उपचार गर्ने विकल्प रोजिरहेका छन् । कम जटिल प्रकृतिका दीर्घरोगी र घरबाट उपचार गर्न सकिने खालका बिरामीले घरमै बसेर स्वास्थ्य समस्याको समाधान गरिरहेका छन् ।
गएको वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणका कारण उपचार सेवा प्रभावित हुँदा धेरै जना समस्यामा परेका थिए । उपचारको अभावमा कतिपयको ज्यानसमेत गएको थियो । तर केही व्यक्तिहरु कोरोना भाइरसलाई सामान्य मानेर सानातिना स्वास्थ्य समस्या हुँदासमेत अस्पताल गएका थिए । जसले गर्दा कोरोना भाइरस फैलनमा मलजल पुगेको थियो ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि यो वर्ष पनि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । डाक्टर लगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रीत हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।
अरु आकस्मिक सेवा भने यथावत् सञ्चालन गर्न भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ ।
सरकारले यस्तो निर्देशन दिए पनि काठमाण्डौका ठूला सरकारी अस्पतालहरु वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालमा ओपीडी सेवा बन्द गरिएको छैन । सरकारले भने सानातिना स्वास्थ्य समस्या हुँदैमा अस्पताल नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी महामारीको अहिलेको समयमा सानोतिनो समस्या लिएर अस्पताल नजान आग्रह गर्नुहुन्छ ।
‘अरु समस्या भएर अस्पताल गएको बेला कोरोना सङ्क्रमण भएमा झन् धेरै असर गर्छ । अस्पतालमा सबै खालका बिरामी जम्मा हुने भएकाले त्यो झनै संवेदनशील ठाउँ हो । सानातिना समस्याका लागि घरबाटै जानकारी लिन सकिन्छ’ डाक्टर अधिकारीले भन्नुभयो । अस्पताल गइरहँदा अरु रोग सर्ने जोखिम पनि उत्तिक्कै हुने गर्छ ।
स्वास्थ्य सम्बन्धी जानकारीका लागि अहिले विभिन्न हटलाइन सेवाहरु सञ्चालन भएका छन् । त्यहाँबाट पनि जानकारीहरु लिन सकिने डा.अधिकारी बताउनुहुन्छ । यसो गर्न सकेमा आवश्यक सेवा पाउनुका साथै अस्पतालहरुमा धेरै भीडभाड हुँदैन ।
पहिला नै अरु रोग लागेको अवस्थामा कोरोना थपियो भने झन् समस्या हुन्छ । तर स्वास्थ्य समस्या लुकाएर राख्न हुँदैन । प्रविधिको माध्यमबाट समस्या राख्ने र आवश्यक सल्लाह लिने गर्नुपर्छ । अरु खालका बिरामी भएको बेलामा मात्र होइन, कोरोना भाइरसकै सङ्क्रमण भएको अवस्थामा पनि अस्पताल गइहाल्नु नपर्ने डाक्टरहरु बताउँछन् । कोरोना भएपछि एक्कासी गाह्रो हुने होइन । सङ्क्रमण पुष्टि हुँदैमा आत्तिनु पर्दैन । पुष्टि भएकामध्ये २० प्रतिशतलाई मात्र लक्षण देखिन्छ ।
सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बस्दा पालिकाका जनप्रतिनिधि र स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ । जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनुपर्ने डाक्टर अधिकारी बताउनुहुन्छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल पनि कोरोनाको जोखिम बढेका बेला सानातिना स्वास्थ्य समस्या लिएर अस्पताल नजान सुझाव दिनुहुन्छ । 'अस्पताल जानै पाइँदैन भनेको होइन । तर सानातिना समस्या हुँदैमा अस्पताल गएर भीडभाड नबढाउँ मात्र भन्न खोजेको हो ’ उहाँले भन्नुभयो ।
अहिलेको मुख्य चुनौती कोरोना रोकथाम र नियन्त्रण हो । दुई महिनापछि अप्रेशन गर्दा समस्या नहुनेहरुले अहिले नै गएर अस्पतालमा भीडभाड नगर्नु नै राम्रो हुने डाक्टरहरु बताउँछन् ।
घरबाटै कसरी लिने स्वास्थ्य सल्लाह ?
कोरोना भाइरस सम्बन्धी वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारी लिनु परेमा घरमै बसेर फोन गर्न सकिन्छ ।
कोरोना भाइरस सम्बन्धी जानकारी लिनका लागि
हटलाइन : ११३३
मोबाइल : ९८५१२५५८३९ नम्बरमा सम्पर्क गरेर बुझ्न सकिन्छ ।
यस्तै कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू :
डा. श्रवण कुमार मिश्र : ९८५१२६८२२०
डा. रञ्जित शाह : ९८७२७०१४६५
राजेश कुमार गुप्ता : ९८५१२३९९८८
दिनेश थापा मगर : ९८२३१६८५४०
नरेश थापा मगर : ९८०३१५२१४९
स्वास्थ्यमा जुनसुकै समस्या आइपरे पनि फोन गर्न मिल्ने नम्बरहरु :
डा.लोचन कार्की, फिजिसियन : ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग : ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की , नाक कान घाँटी : ९८०४२५९२८३
डा.बद्री रिजाल, हाडजोर्नी, : ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग : ९८४१३३६९४३
डा. निरज कुमार सिंह फिजिसियन : ९८४९२२८९०३
डा. विश्वराज दवाडी फेमिली फिजिसियन : ९८४१२२६३२२
डा. विपेश आचार्य , प्याथोलोजिस्ट ः ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाँटी : ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आँखा : ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी : ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग : ९८४१५५६४१२
डा. सञ्जीव तिवारी, फेमिली फिजिसियन : ९८५११६७७२२
प्रदेश नम्बर १ का अस्पतालका नम्बर :
भोजपुर जिल्ला अस्पताल : ०२९-४२०१८८
धनकुटा जिल्ला अस्पताल : ०२६-५२०१३५
इलाम जिल्ला अस्पताल ः ०२७-५२००३३
मेची अञ्चल अस्पताल (झापा) : ०२३-५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ) : ०३६-४२०५७६
कोशी अञ्चल अस्पताल (मोरङ विराटनगर) : ०२१-५७०१०३ र ०२१-५३०१०३ र ९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल :९८५२८४१११६
मनाङ अस्पताल : ०६६-४४०१९७ /९८६१२४२७८३/ ९८४१३६३६५५
पाँचथर जिल्ला अस्पताल : ०२४-५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल : ०२९-५६०१८८
सोलुखुम्बु जिल्ला अस्पताल : ०३८-५२०१८८
सुनसरी जिल्ला अस्पताल : ०२५-५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल : ०२४-४६०८७७
तेह्रथुम जिल्ला अस्पताल : ०२६-४६०१८८
उदयपुर जिल्ला अस्पताल : ०३५-४२०१८७
प्रदेश नम्बर २ का अस्पतालका नम्बर :
नारायणी उप-क्षेत्रीय अस्पताल (पर्सा) ०५१-५२१०५३
बारा जिल्ला अस्पताल : ९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल : ९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा०)०४१-५२०९१८/९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ /०३१-५२०१२७
महोत्तरी : जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिवास अस्पताल ९८१५३९४२०३
वाग्मती प्रदेशका अस्पतालका नम्बर :
सिन्धुली जिल्ला अस्पताल ०४७-५२०१४५
रामेछाप जिल्ला अस्पताल ०४८-४००११४
दोलखा जिल्ला अस्पताल ०४९-४००१११
भक्तपुर जिल्ला अस्पताल ०१-६६१०७९८र ०१-६६१६०१०
धादिङ जिल्ला अस्पताल ०१०-५२०१३०
धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११-४९०४९७
पाटन अस्पताल, ललितपुर ०१-५५२२२९५र०१-५५२२२७८र०१-५५२२२६६
त्रिशुली अस्पताल, नुवाकोट ०१०-५६०२३१र ०१०-५६०१८८
रसुवा अस्पताल, रसुवा ०१०-५४०२४५
चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११-६२०१०३र०११-६२०३४४
भरतपुर अस्पताल, चितवन ०५६-५२०१११र०५६-५२४३००र०५६-५२४०९०
हेटौडा अस्पताल, मकवानपुर ०५७-५२०३०५
काठमाण्डौका अस्पताल
त्रिवि. शिक्षण अस्पताल : ०१-४४१२३०३र०१-४४१२५०५र०१-४४१२६०५
वीर अस्पताल : ०१-४२२१११९
निजामति कर्मचारी अस्पताल : ०१-४१०७०००
श्री वीरेन्द्र अस्पताल : ०१-४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल : ०१-४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल : ०१-४२७०५५३
गण्डकी प्रदेशका अस्पतालका नम्बर
बाग्लुङ जिल्ला अस्पताल : ०६८-५२०२८८ र ०६८५२०१८८
पर्वत जिल्ला अस्पताल : ०६७-४२०११९ र ९८५७६२१११९
कास्कीका अस्पताल : ०६१-५२०४६१ र ०६१-५२०३९०
तनहुँ जिल्ला अस्पताल : ०६५-५६०२०३ र ०६५-४१४३७७
गोरखा जिल्ला अस्पताल : ०६४-४२०९१८
लमजुङका अस्पताल :९८५६०४६११९ र ०६६-५२०११९
मनाङ अस्पताल : ०६६-४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल : ०६९-४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल : ०६९-५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१
नवलपुर अस्पताल : ०७८-५४०५३१
स्याङ्जा जिल्ला अस्पताल : ०६३-४२०२३९ र ९८४००७१२८४
लुम्बिनी प्रदेशका अस्पतालका नम्बर
कपिलवस्तु जिल्ला अस्पताल : ०७६-५६०२००
नवलपरासी अस्पताल : ०७८-५८०४०४
अर्घाखाँची जिल्ला अस्पताल : ०७७-४२०२५७
गुल्मी जिल्ला अस्पताल : ०७९-५२००५०
पाल्पा अस्पताल : ०७५-५२०१५४
राप्ती उपक्षेत्रीय अस्पताल दाङ : ०८२-५६२३६५
प्यूठान जिल्ला अस्पताल : ०८६-४६००५६
रोल्पा अस्पताल :९८४९४०२५१९, ९८५७८२२१९७
पूर्वी रूकुम जिल्ला अस्पताल : ०८८-४१३१४५
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके : ०८१-५२०१२०
बर्दिया जिल्ला अस्पताल : ०८४-४२११७७
रुपन्देही, भिम अस्पताल :९८१२४८८७४९
लुम्बिनी प्रादेशिक अस्पताल : ०७१-५४०२००
कर्णाली प्रदेशका अस्पतालका नम्बर
जुम्ला जिल्ला अस्पताल : ०८७-५२०३५५
हुम्ला जिल्ला अस्पताल : ०८७-६८०१२०
कालीकोट जिल्ला अस्पताल : ०८७-४४०१३३
मुगु जिल्ला अस्पताल : ०८७-४६०१६१
डोल्पा जिल्ला अस्पताल : ०८७-५५०११० र ९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल : ०८८-५२००६१
रुकुम जिल्ला अस्पताल : ०८८-५३०११५
दैलेख जिल्ला अस्पताल : ०८९-४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय : ०८९-४३०१२०
सुर्खेत क्षेत्रीय अस्पताल : ०८३-५२०२००
सुदूरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु
जिल्ला अस्पताल अछाम : ०९७-६२०१८८, ९७-६२५०६२
जिल्ला अस्पताल बैतडी : ०९५-५२०५१४
जिल्ला अस्पताल बझाङ : ०९२-४२१०१८
जिल्ला अस्पताल बाजुरा : ०९७-५४१०१३
उप-क्षेत्रीय अस्पताल डडेल्धुरा : ०९६-४१०२५४, चिरञ्जीवी अस्पताल ०९६-४२०७८०,जोगबुढा अस्पताल ०९६-४११००८
जिल्ला अस्पताल दार्चुला : ०९३-४२०१८८, ९८४८८९६७२० गोकुलेश्वर अस्पताल ९३-४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२
जिल्ला अस्पताल डोटी: ०९४-४२०११४
सेती अञ्चल अस्पताल, कैलाली: ०९१-५२१२७१, टिकापुर अस्पताल ०९१-५६०१५०, घोडाघोडी अस्पताल ०९१-४०३१०७
महाकाली अञ्चल अस्पताल, कञ्चनपुर : ०९९-५२११११
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।