दैलेखमा कोरोना सङ्क्रमित गर्भवतीको ज्यान गयाे

 बैशाख १७, २०७८ शुक्रबार १९:६:३६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा कोरोना सङ्क्रमित गर्भवतीको ज्यान गएको छ । नारायण नगरपालिका ३ भूर्तीकी कोरोना सङ्क्रमित २७ वर्षीया गर्भवतीको दैलेख अस्पतालमा सुत्केरी गराउने क्रममा ज्यान गएको हो ।

डाक्टरले गएको चैत २१ गते सुत्केरी हुने समय दिएकोमा ती महिलामा सुत्केरी व्यथासँगै श्वासप्रश्वास समस्या देखिएको थियो ।

सुत्केरी गराउँदा महिलाको ज्यान गएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया