व्यवसायीहरुमाथि ठगलार्इ जस्ताे व्यवहार नगर्न अध्यक्ष प्रचण्डकाे आग्रह

 भदौ ७, २०७५ बिहीबार १२:२९:१९ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले उद्योगी/व्यवसायीहरुलाई ठगीको जस्ताे व्यवहार गर्न नहुने बताउनु भएको छ ।

अध्यक्ष दाहालले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गर्नुभयो ।

बिहीबार काठमाडौंमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएसन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुने गरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

अध्यक्ष दाहालले राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले नागरिकलाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने पनि स्मरण गराउनुभयो ।

अध्यक्ष दाहालले वैदेशिक लगानी भित्र्याउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया