बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा हप्तामा दुई वटा 'फ्लाइट'

 बैशाख २०, २०७८ सोमबार १६:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते बिहीवार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । तर भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ । आन्तरिक उडान आजै रातिदेखि बन्द हुँदैछन् ।

स्थल मार्गबाट विदेशीको आवागमन बन्द गरिएको पनि ओलीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

2 Comments

  • राजू

    May 4, 2021, 6:20 a.m.

    भारत को लागि चै किन ? अंतरराष्ट्रीय उड़ान पूरै रोकेको हो भारत को पनि पूरै उड़ान बन्द गर्नु पर्छ /

  •  0 Reply
  • Dipesh

    May 3, 2021, 6:59 p.m.

    नेपाल सरकारले बिदेशबाट स्वदेश फर्कन चाहने नागरिकको बारेमा पनि केहि कुरा खुलाई दिएकेो भए राम्रो हुने थियो ....

  •  0 Reply

तपाईको प्रतिक्रिया