सुनचाँदीको भाउ घट्यो

 बैशाख २२, २०७८ बुधबार ११:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया